FAQs Complain Problems

अपडेट

चौतारा साँगाचोकगढी नगरपालिकाको परिचय

चौतारा साँगाचोकगढी नगरपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग कि.मी. छ । यो नगरपालिका साबिकका १० वटा गाविसहरु (चौतारा, पिपलडाँडा, कुविण्डे, सानोसिरुवारी, स्याउले, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठुलोसिरूवारी गा.वि.स.) मिलेर बनाइएको छ । हाल यो नगरपालिकामा १४ वटा वडा रहेको छ । २०६८ को जनगणना अनुसार यो नगरपालिकाको जम्मा जनसंख्या ४६,५०१ रहेको छ, भने घरधुरी तथ्याङ्क सर्वेक्षण, २०७५ अनुसार नगरपालिकामा कूल ५१,३४७ जनसंख्या रहेको छ  र हाल राष्ट्रिय जन गणना २०७८ प्रारम्भिक नतिजा अनुसार जम्मा घरधुरी ११,१११, परिवार संख्या । यस नगरपालिकामा विभिन्न धर्म मान्ने जातजातिहरूको बसोबास रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक पर्वहरु हो । यहा विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र  क्रिचियनहरुको  बसोबास रहेको छ। जसले सार्वलौकिक सस्कृती झल्काउछ । यहाको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ्ग, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् ।

अवस्थिति: 

आक्षांश : २७º ४६' उत्तर, 

देशान्तर : ८५º ४२' पूर्व  ; चौतारा साँगाचोकगढी नगरपालिकाको उचाई समुद्रको सतह देखि १४१८ मीटर छ । 

विभाजन: बागमती प्रदेेेश, सिन्धुपाल्चोक जिल्ला ( जिल्ला सदरमुकाम चौतारा) , २ वटा निर्बाचन क्षेत्र  

सीमाना: 

पुर्व  : बलेफी तथा सुनकोशी गाउँपालिका ;

पश्चिम :  इन्द्रावती गाउँपालिका ;

उत्तर : जुगल गाउँपालिका र पाँचपोखरी गाउँपालिका ;

दक्षिण : काभ्रेपलान्चोक जिल्ला  

प्रमुख नदीनालाहरु : सुनकोशी, बलेफी खोला, कुविण्डे खोला, इन्द्रावती, कुम्बेश्वोर खोला, झ्याडी खोला, मगुवा खोला 

प्रमुख धार्मिक तथा  पर्यटकीय स्थलहरु: गौरती भिमेश्वोर मन्दिर (पीपलडाँडा), भदौरे गणेश मन्दिर (सनोसिरुबरी), हर्लङ्ग बर्लंङ्ग महेदव मन्दिर (स्याउले), साँगाचोकगढी (साँगाचोक), गणेश र भिमसेन मन्दिर (चौतारा), कृष्ण मन्दिर (चौतारा), चण्डेश्वरी मन्दिर (सनोसिरुबरी), दक्षिणकाली मन्दिर (पीपलडाँडा), देवीथान (गिदाने), नारायण स्थान, रक्तकलिका मन्दिर (स्याउले)